दुर्गा प्रसाई एमालेबाट निस्कासित

हिमाल प्रेस १३ फागुन २०७९ १२:१९
6
SHARES
दुर्गा प्रसाई एमालेबाट निस्कासित

काठमाडौँ- नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई निस्कासित गरेको छ। आज बसेको एमाले सचिवालय बैठकले प्रसाईलाई बर्खास्त गरेको हो।

केही हप्ताअघि पार्टीको नीति र उद्देश्य विपरीत झापामा पूर्वराजा ज्ञानेन्द्र शाहसहितका राजपरिवारका सदस्यलाई आमन्त्रण गरेर छुट्टै अभिायन सुरुआत घोषणा गरेको दुई सातापछि प्रसाईलाई बर्खास्त भएका हुन् ।

राजतन्त्र र हिन्दु राज्यको वकालत गर्दै देशव्यापी अभियान सुरु गरेपछि गत साता एमाले प्रदेश १ कमिटीले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो। सो सिफारिस अनुसार आज प्रसाईलाई बर्खास्त गरिएको हो।

प्रकाशित: १३ फागुन २०७९ १२:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fourteen =