राष्ट्रपति निर्वाचनबारे छलफल गर्न कांग्रेसकाे कार्यसमिति बैठक सुरु

हिमाल प्रेस १३ फागुन २०७९ ९:५२
8
SHARES
राष्ट्रपति निर्वाचनबारे छलफल गर्न कांग्रेसकाे कार्यसमिति बैठक सुरु फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ। पार्टी कार्यालय सानेपामा बैठकले राष्ट्रपतिको आधिकारिक उम्मेदवार छान्ने छ। कांग्रेस स्रोतका अनुसार पार्टीले नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने सम्भावना छ ।

कांग्रेसले अघि सार्ने उम्मेदवारलाई बाँकी ७ वटा दलले सघाउने सहमति छ। सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहित जनता समाजवादी, नागरिक उन्मुक्ति, जनमत, एकीकृत समाजवादी, जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीले कांग्रेसलाई सघाउने सहमति हिजो भएको हो। यी सबै दलले सघाएको अवस्थामा कांग्रेसका उम्मेदवार नै राष्ट्रपतिका चुनिने निश्चित छ।

प्रकाशित: १३ फागुन २०७९ ९:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 9 =