मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

हिमाल प्रेस १३ फागुन २०७९ ७:३२
6
SHARES
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

इटहरी- इटहरीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी ४ आर्मी क्याम अगाडि धरानबाट इटहरीतर्फ आउँदै गरेको को ३८ प ९१०७ नम्बरको मोटरसाइकल शुक्रबार राति १ः२० बजेतिर दुर्घटना भएको हो।

आँफै अनियन्त्रित भइ मोटरसाइकल दुर्घटना हुँदा मोरङको बेलबारी नगरपालिका ५ बस्ने २६ वर्षीय राजेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको टाउकोमा गम्भीर चोट लागेको थियो। उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएपनि उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित: १३ फागुन २०७९ ७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 13 =