काठमाडौँ उपत्यकामा तोकियो सवारीसाधनको गति

हिमाल प्रेस १२ फागुन २०७९ १२:२३
6
SHARES
काठमाडौँ उपत्यकामा तोकियो सवारीसाधनको गति

काठमाडौँ- अबदेखि काठमाडौँ उपत्यकामा प्रतिघण्टा ५० किलोमिटरको गतिमा मात्रै सवारीसाधन चलाउन पाइने भएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना प्रकाशित गरी सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रणसम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्थालाई मध्यनजर गरी सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि उक्त नियम लागू गरिएको जनाएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन र सडकको भौतिक अवस्थासमेतलाई ध्यान दिएर गाडी तथा मोटरसाइकलको अधिकतम गति प्रतिघण्टा ५० किलोमिटर तोकिएको उक्त सूचनामा उल्लेख छ।

उपत्यकाभित्र चक्रपथ (रिङ रोड) सँगै सर्भिस ट्रयाकका लागि समेत गति सीमा तोकिएबमोजिम कलंकी-कोटेश्वर सडकखण्डको ट्रयाकमा प्रतिघण्टा अधिकतम ५० किलोमिटर र सर्भिस ट्रयाकमा प्रतिघण्टा अधिकतम २० किलोमिटर गति तोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

यसैगरी कोटेश्वर-भक्तपुर सडकखण्डमा समेत प्रतिघण्टा ५० किलोमिटर गति तोकिएको छ। तोकिएको मापदण्डभन्दा बढी गतिमा सवारीसाधन चलाउने चालकलाई उक्त ऐनमा उल्लेख भएबमोजिम कारबाही गरिने उक्त सूचनामा जनाइएको छ।

प्रकाशित: १२ फागुन २०७९ १२:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast