लघुवित्तप्रति राष्ट्र बैंक कठोर बनेपछि सेयर बजार प्रभावित

हिमाल प्रेस ११ फागुन २०७९ १५:५३
4
SHARES
लघुवित्तप्रति राष्ट्र बैंक कठोर बनेपछि सेयर बजार प्रभावित राष्ट्र बैंक

काठमाडौँ- बुधबार नेपाल राष्ट्र बैंकले लघुवित्त तथा वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशन जारी गर्दै केही कठोर निर्णय लियो। ऋण असुलिका लागि लघुवित्तले गैरकानुनी गतिविधि गर्ने व्यापक गुनासो बढेपछि राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेको हो। निर्देशनमा बैंकहरूको कर्जा उपभोग गरिरहेकाले लघुवित्तबाट कर्जा नपाउने, एकपटकमा एकभन्दा बढी लघुवित्तको ऋण लिन नपाइनेलगायत व्यवस्था गरिएको छ।

राष्ट्र बैंकको कठोर निर्देशन जारी भएको भोलिपल्ट बिहीबार (आज) सेयर बजारमा नकारात्मक प्रभाव देखिएको छ। कारोबार भएकामध्ये आधा लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। लघुवित्त उपसमूहको सूचक ९.५४ प्रतिशतले घटेको छ।

साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार सेयर बजार ५७.७४ प्रतिशतले घटेको छ। परिसूचक २०२२ बिन्दुमा ओर्लिएको छ। आज कुल २ अर्ब ५२ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। पाँच कारोबार दिनमा लगातार घटेको सेयर बजार बुधबार ३३.५७ अंकले बढेको थियो। पछिल्लो एक साता मात्रै नेप्से परिसूचक ९९ अंकले घटेको छ।

प्रकाशित: ११ फागुन २०७९ १५:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + twelve =