काठमाडौँ- हेराल्ड डेभकर्पस्यु आइ भिजुअल समुदाय र विद्यार्थी नेतृत्वमा ‘कोड ब्रिस्क ह्याकाथन २०२३’ सम्पन्न गरिएको छ। सहभागी टोलीले बनाएका प्रोटोटाइपहरूद्वारा कालिञ्चोकको पर्यटन र आतिथ्य क्षेत्र प्रोत्साहन गर्ने उद्देश्यले आयोजित ह्याकाथन सम्पन्न गरिएको हो।
३४४७ मिटरको उचाईको कुरी गाउँमा कार्यक्रम गरिएको आयोजकको भनाइ छ। ह्याकाथनमा १३ कलेजको सहभागिता थियो। सहभागीमध्ये छनोट भएका तीन उत्कृष्ट टोलीले कालिञ्चोकमा आफ्नो प्रोटोटाइपहरू निर्माण गरेका थिए।
हेराल्ड कलेज काठमाडौँका प्रमुख कार्यकारी अध्यक्षय प्रकाश श्रेष्ठले परियोजनामा समावेश भएका सम्पूर्ण टिमको अटल प्रयास र समर्पणले अविश्वसनीय नतिजा ल्याइएको बताए। हेराल्ड डेभकर्पस्की प्रमुख सुजाता थापाले आयोजक समिति र तीन उत्कृष्ट टिमको प्रशंसा गरिन्।
प्रतियोगिताको विजयी टिम विरिन्ची कलेजको ‘टिम एभरेष्ट’ रहेको थियो। विजयी टिमको परियोजना ‘टाइडी टाउन’ रहेको छ। टाइडी टाउनले सेन्सरहरूको प्रयोग गरी फोहोर व्यवस्थापनका समस्याहरू समाधान गर्ने र फोहोर डिस्पोजलका व्यावहारिक तरिका उपलब्ध गराउने लक्ष्य लिएको छ।