युएई र कतारमा ट्याक्सी चालक समस्यामा, दुवै मुलुक जान सरकारद्वारा रोक

हिमाल प्रेस १० फागुन २०७९ १५:२१
4
SHARES
युएई र कतारमा ट्याक्सी चालक समस्यामा, दुवै मुलुक जान सरकारद्वारा रोक

काठमाडौँ- वैदेशिक रोजगार विभागले मोटरसाइकल र ट्याक्सी चालक पदमा रोजगारीका लागि युनाइटेड अरब इमिरेटस् (युएई) र कतार जान रोक लगाएको छ। विभागले सूचना जारी गर्दै युएई र कतारमा मोटरसाइकल तथा ट्याक्सी चालक पदमा गएका श्रमिकले दुःख पाएका उजुरी बढेकाले तत्कालका लागि उक्त दुवै पदमा युएई र कतार जान रोक लगाएको हो।

पछिल्लो समय मोटरसाइकल र ट्याक्सी चालक पदमा त्यहाँ जाने श्रमिकले स्वीकृति मागपत्रबमोजिमको न्यूनतम तलब नपाएको, ट्राफिक कारवाहीमा परी अत्यधिक जरिवाना तिर्नुपरेको लगायतका समस्यामा परेको भन्दै विभागका अत्यधिक उजुरी परेको विभागले जारी गरेको सूचनामा उल्लेख छ।

त्यस्तै कतार वा युएई गएर लामो समयसम्म चालक अनुमतिपत्र नपाउँदा रोजगारविहीन भएर बस्नुपर्ने लगायतका समस्या हुने गरेको विभागको भनाइ छ। युएई र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदमा श्रमिक पठाउनु सुरक्षित नदेखिएपछि विभागले पूर्वस्वीकृति रोक्ने निर्णय सोमबार गरेको थियो।

विभागले अर्को निर्णय नभएसम्मका उक्त पदहरूमा मागपत्र प्रमाणीकरण नगर्न कतार र युएईस्थित नेपाली दूतावासलाई समेत अनुरोध गरिसकेको छ।

प्रकाशित: १० फागुन २०७९ १५:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 14 =