काठमाडौँ- झापामा जारी मुस्ताङ भद्रपुर–झापा गोल्डकपमा आयोजक टिम भद्रपुर ब्लेजर्स प्रतियोगिताबाट बाहिरिएको छ । मंगलबार क्वाटरफाइनलमा संकटा क्लबसँग १–० गोलले हारेपछि आयोजक भद्रपुर ब्लेजर्स बाहिरिएपछि संकटा क्लब सेमिफाइनलमा पुगेको हो।
मेची रंगशालामा मंगलबार भएको पहिलो क्वार्टरफाइनल खेलको पाँचौँ मिनेटमा संकटा क्लबका मनिष डाँगीले गोल गरेका थिए। उक्त गोल नै खेलको निर्णायक गोल बन्यो। प्लेयर अफ द म्याच चर्च संकटाका गोलरक्षक टिकेन्द्रसिंह थापा घोषित भए।
यसअघि पहिलो खेलमा भद्रपुर ब्लेजर्सले भारतको जयगाउँ फुटबल क्लबलाई २–० ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको थियो। संकटाले बाई पाएर सिधै क्वार्टरफाइनल खेलेको थियो।
बुधबारको क्वाटरफाइनल खेल चर्च ब्वाइज युनाइटेड र गतवर्षको लिग विजेता मच्छिन्द्र क्लबबीच हुने आयोजकले जानकारी दिएको छ। प्रतियोगिताको विजेताले नगद १३ लाख र उपविजेताले नगद सात लाख रुपैयाँ पाउने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए।