टुंगो लागेन मधेश प्रदेशको कामकाजी भाषा

हिमाल प्रेस ९ फागुन २०७९ २०:२३
14
SHARES
टुंगो लागेन मधेश प्रदेशको कामकाजी भाषा

जनकपुरधाम- मधेस प्रदेशको कामकाजी भाषाको टुंगो नलागेपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। जनकपुरधाममा आयोजित अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले संघियता कार्यान्वयनमा आएपछि एक कार्यकाल सरकार सकिँदासम्म पनि कामकाजी भाषा टुंगो नलाग्नु दुःखद रहेको गुनासो गरे।

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा आयोजित ‘मातृभाषामा शिक्षा’ विषयक कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले यही कार्यकालमा प्रदेशको कामकाजी भाषा टुंगो लागने बताए। वक्ताहरूले उठाएको प्रश्नको जवाफमा सभामुख मण्डलले प्रदेशको कामकाजी भाषाको टुंगो लगाउन आफू गम्भीर रहेको बताए। ‘प्रदेशको कामकाजी भाषाको निक्र्यौल गर्न गम्भीर छु’ उनले भने । मातृभाषाको विकासका लागि प्राथमिक तहको शिक्षा मातृभाषामा हुनुपर्ने मण्डलको भनाइ थियो।

यसका लागि तीनै तहको सरकार गम्भीर हुनुपर्ने उनले बताए। मैथिली भाषालाई सबै जातजातीको हृदयमा वास गर्ने गरी बनाउनका लागि भाषाको सरलीकरणतर्फ लागनुपर्ने उनको भनाइ थियो। ‘मैथिली भाषालाई कुनै दायरामा नबाँधेर भाषाको सरलीकरण गरी आमजनको भाषा बनाउनुपर्छ’ उनले भने। ‘त्यसका लागि सबैलाई मान्य हुनेगरी मैथिलीको शब्दकोष र व्याकरण बनाउन आवश्यक छ’ उनले भने।

कार्यक्रममा सहभागी प्रदेशसभा सदस्य रामसरोज यादवले माध्यमिक तहसम्म मातृभाषा शिक्षाको अधिकार प्रदेश मातहत ल्याउनुपर्ने बताए। माध्यमिक तहसम्मको शिक्षा प्रदेश मातहत नआएसम्म मातृभाषामा शिक्षा नारामै सीमित रहने उनको भनाइ थियो।

प्रकाशित: ९ फागुन २०७९ २०:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast