जसपाको केन्द्रीय समितिको को को थपिए?

हिमाल प्रेस ९ फागुन २०७९ ८:३२
8
SHARES
जसपाको केन्द्रीय समितिको को को थपिए? फाइल तस्बिर

काठमाडौँ- जनता समाजवादी पार्टी(जसपा) नेपालले आज आफ्नो केन्द्रीय समिति विस्तार गरेको छ।

पार्टी कार्यालय बालकुमारीमा आइतबार र आज सोमबार गरी दुई दिनसम्म चलेको कार्यकारिणी समितिको बैठकले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र सुरेन्द्र कर्मीलाई राजनीतिक समितिमा मनोनित भएका छन्।

ओमप्रकाश यादव र सोमबहादर नेपालीलाई केन्द्रीय समितिमा तथा दलबहादुर लावती, कर्णबहादुर लावती र बलराम महतोलाई संघीय परिषद् सदस्यमा मनोनयन गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार केन्द्रीय सदस्यहरू जोगीलाल यादव र प्रचण्डकुमार पौडेललाई ट्रेड युनियन तथा बौद्धिक पेसाकर्मी महासंघ संयुक्त संयन्त्रको उपप्रमुखको जिम्मेवारी दिइएको छ । बैठकले विधान अधिवेशनका लागि पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा विधान अधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको छ।

समितिको सदस्यहरूमा विजय यादव, सुशीला श्रेष्ठ, लालबहादुर तामाङ, अर्जुन थापा, विद्युत् बज्राचार्य र न्हुच्छेलाल महर्जन रहेका छन्।

मूल व्यवस्थापन समितिले आवश्यकताअनुसार उपसमिति बनाउन सक्ने बताइएको छ। जसपाले विधान अधिवेशन आगमी चैत २७, २८ र २९ गते काठमाडौँमा गर्ने आइतबार निर्णय गरेको थियो।

प्रकाशित: ९ फागुन २०७९ ८:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 17 =