यस्तो छ ‘ए साथी सुन’को शीर्ष गीत

हिमाल प्रेस ८ फागुन २०७९ ११:४७
18
SHARES
यस्तो छ ‘ए साथी सुन’को शीर्ष गीत

काठमाडौँ- फिल्म ‘ए साथी सुन’ को शीर्ष गीत सार्वजनिक भएको छ। फिल्मका प्रमुख कलाकार वर्षा शिवाकोटी र रमेश बानियाँ गीतमा देखिएका छन्। रमेश बानियाँले यस फिल्मबाट अभिनयमा डेब्यु गरेका छन्।

सुरज अधिकारीको संगीत र रविना मगरको शब्द रहेको गीतमा अन्जु पन्त र किरण भुजेलले स्वर दिएका छन। गीतमा रामजी लामिछानेले कोरियोग्राफी रहेको छ।

लभस्टोरी, थ्रिलर र कमेडी जनरामा बनेको फिल्ममा वर्षा र रमेशसँगै सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरी, सुवास शाहीलगायत कलाकारको अभिनय छ।

राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको फिल्म आगामी चैत १०मा प्रदर्शनमा आउनेछ।

प्रकाशित: ८ फागुन २०७९ ११:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + nineteen =