कांग्रेसले माग्यो प्रचण्डसँग राष्ट्रपतिमा सहयोग, प्रधानमन्त्री सकारात्मक

हिमाल प्रेस ८ फागुन २०७९ ७:४१
16
SHARES
कांग्रेसले माग्यो प्रचण्डसँग राष्ट्रपतिमा सहयोग, प्रधानमन्त्री सकारात्मक

काठमाडौँ- नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग राष्ट्रपति निर्वाचनमा सहयोग गर्न आग्रह गरेको छ।
शनिबार बेलुका प्रधानमन्त्री निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा कांग्रेस नेताले सहयोग मागेका हुन्।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापा बालुवाटार पुगेका थिए।
माओवादीले भने यसबारे पार्टीमा छलफल गर्ने बताएको छ। कांग्रेसका एक पदाधिकारीका अनुसार माओवादीले पदाधिकारी बैठकमा यसबारे छलफल गर्ने बताएको छ।

प्रचण्डले भने यसबारे आफू सकरात्मक रहेको बताएका थिए। राष्ट्रिय सहमतिका लागि आफू सबैलाई मिलाएर अघि बढ्न तयार रहेको प्रचण्डले बताएका थिए।

माओवादीले राष्ट्रपतिबारे छलफल गर्ने आजलाई पदाधिकारी बैठक बोलाएको छ। यता सत्तारुढ नेकपा एमाले पनि राष्ट्रपति आफैले पाउनु पर्ने बताउँदै आएको छ।
मुख्य सत्तारुढ दल नेकपा एमालेले पुस १० को सहमति अनुसार एमाले दलबाट राष्ट्रपति उम्मेदवार बन्ने दाबी गरिरहेको छ। तर प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले प्रधानमन्त्रीसँग भएको समझदारी अनुसार कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्ने दाबी गर्दै आएको छ।

राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडान लिँदै आएको सत्तारुढ माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ।

बैठकमा राष्ट्रपतिमा कांग्रेस या एमाले कसलाई सघाउने भन्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल आउँदो २८ गते सकिँदैछ । नयाँ राष्ट्रपति चयनको लागि २५ गते चुनाव हुँदैछ भने आउँदो शनिवार १३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित: ८ फागुन २०७९ ७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + fourteen =