गौरवका आयोजना सरकारको प्राथमिकतामा : मन्त्री भण्डारी

हिमाल प्रेस ७ फागुन २०७९ २१:५३
2
SHARE
गौरवका आयोजना सरकारको प्राथमिकतामा : मन्त्री भण्डारी

बैतडी- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गौरवका आयोजना अहिलेको सरकारको प्राथमिकतामा रहेको बताएका छन्। आइतबार सदरमुकाम गोठालापानीमा प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा उनले सुदूरपश्चिममा रहेका गौरवका आयोजनालाई प्राथमिकता राखेर सरकारले काम गरिरहेको बताएका हुन्।

सरकारको प्राथमिकताअनुसार कञ्चनपुर दैजी–छेला औद्योगिक क्षेत्रको काम अघि बढेको उनको भनाइ थियो। त्यस्तै दोधारा–चाँदनी सुक्खा बन्दरगाहलाई अगाडि बढाइएको पनि उनले बताए। कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने महत्त्वपूर्ण निर्णय भएको पनि उनले बताए।

नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश अध्यक्षसमेत रहेका भण्डारीले सरकारले औद्योगिक क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको भन्दै वाणिज्य नीतिमा केही परिमार्जन गरिने बताए। बैतडीस्थित नेपाल–भारत सीमानाका झुलाघाटमा पक्की पुलका साथै महाकाली नदीमा अन्य स्थानमा पनि पुल बनाउन पहल भइरहेको उनको आश्वासन थियो।

बैतडीमा रहेका खानीहरूको पहिचान गरी ती खानीहरूको उत्खनन गरिने र ११ महिनादेखि बन्द रहेको पाटन विमानस्थलमा हवाई सेवा पुनः सञ्चालन गरिने उनको आश्वासन थियो। रासस

प्रकाशित: ७ फागुन २०७९ २१:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eight =