कला संस्कृतिको संरक्षण गर्न लोकवार्ता सम्मेलन

हिमाल प्रेस ७ फागुन २०७९ १२:३१
12
SHARES
कला संस्कृतिको संरक्षण गर्न लोकवार्ता सम्मेलन

पाल्पा- लोकवार्ता परिषद् नेपालको आयोजनामा पाल्पामा शनिबारदेखि ११औँ लोकवार्ता सम्मेलन सुरु भएको छ। समुदायमा रहेका कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सम्मेलन सुरु गरिएको हो।

जिल्ला समन्वय समिति पाल्पाका अध्यक्ष टंक खनालले सम्मेलनको उद्घाटन गर्दै कतिपय लोक संस्कृति लोप हुने अवस्था रहेकोले यस्ता कार्यक्रमले संरक्षणमा सघाउ पुग्ने बताए।

पाल्पाका ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक महत्त्वका वस्तु तथा स्थानको संरक्षण र प्रचारप्रसार गर्न आवश्यक रहेको उनको भनाइ छ। यहाँका स्थानीय संस्था, स्थानीय सरकारले लोकवार्ता परिषद्को अभियानलाई पछ्याउन पनि उनले सुझाव दिए।

सम्मेलनमा ६७ वटा कार्यपत्र प्रस्तुत हुने परिषद्का महासचिव प्रा. डा. ध्रुवप्रसाद भट्टराईले जानकारी दिए। स्थलगत अध्ययन गरेर त्यस ठाउँको लोककला लोकजीवन हेर्ने र अर्कोवर्ष त्यसैलाई कार्यपत्र तयार पारेर किताव छाप्ने काम गरिएको छ।

नेपालका ७७ वटै जिल्ला तथा भारतको सिक्किमबाट प्रतिनिधिको सम्मेलनमा सहभागिता छ।

प्रकाशित: ७ फागुन २०७९ १२:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =