प्रतिष्ठानका नियुक्ति असमावेशी भएको जसपाको आरोप

हिमाल प्रेस ६ फागुन २०७९ ९:३३
6
SHARES
प्रतिष्ठानका नियुक्ति असमावेशी भएको जसपाको आरोप उपेन्द्र यादव

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)ले प्रतिष्ठानहरूमा असमावेशी नियुक्ति गरेको भन्दै आपत्ति जनाएको छ।

जसपाले शुक्रबार विज्ञप्ति जारी गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा गरेको उपकुलपति र प्राज्ञहरूको नियुक्तिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

सरकारले प्रतिष्ठानमा जातीय र समुदायिक समानुपातिक समावेशिताको मर्म विपरीत एकल जातीय प्रभुत्व र वर्चस्वलाई प्राथमिकता राखेको भन्दै जसपाले आपत्ति जनाएको छ।

प्रकाशित: ६ फागुन २०७९ ९:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 17 =