एमालेका तीन जिल्ला कमिटी विघटित

हिमाल प्रेस ६ फागुन २०७९ ९:०३
2
SHARE
एमालेका तीन जिल्ला कमिटी विघटित नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौँ- अधिवेशनका समयमा विवाद देखिएका नेकपा एमालेका तीन जिल्ला कमिटी विघटित भएका छन्।

नेकपा एमालेले महोत्तरी, पर्सा र रौतहट गरी ३ जिल्ला कमिटी विघटन गरेको छ। जनकपुरधाममा बसेको एमाले मधेस प्रदेश सचिवालय बैठकले ३ जिल्ला कमिटी विघटनको निर्णय गरेको हो। एमालेका अनुसार विघटित जिल्लाहरूको अधिवेशन तोकिएको छ ।

बैठकले वैशाख १४ र १५ गते महोत्तरी, वैशाख १७ र १८ गते पर्सा र वैशाख २० र २१ गते रौतहटमा जिल्ला अधिवेशन गर्ने निर्णयसमेत गरेको छ।

उनका अनुसार अधिवेशनको बेला विवाद भएका कारण महोत्तरी, पर्सा र रौतहट जिल्ला कार्य समिति विघटन गरिएको हो। जिल्ला अधिवेशन पछि नयाँ नेतृत्व आउनेछ ।

प्रकाशित: ६ फागुन २०७९ ९:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 16 =