आपूर्तिमन्त्री भण्डारीको एक महिना : चिनी आयातको पहल, धौवादी फलाम खानीसम्म पहुँचमार्ग बनाउन साढे ९ करोड निकासा

हिमाल प्रेस ४ फागुन २०७९ १५:२३
10
SHARES
आपूर्तिमन्त्री भण्डारीको एक महिना : चिनी आयातको पहल, धौवादी फलाम खानीसम्म पहुँचमार्ग बनाउन साढे ९ करोड निकासा

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कार्यकाल सम्हालेपछि एक महिनाको प्रगति विवरण सार्वजनिक गरेका छन्। उनले एक महिनामा भारतबाट आयात हुने गहुँ र चिनीको निर्यातसम्बन्धी कार्य अघि बढाइएकोलगायतका विवरण आफ्नो प्रगतिमा समेटेका छन्।

नेपालका २५ कम्पनीमार्फत् १० हजार ६ सय ३६ मेट्रिकटन चिनी आयातका लागि पहल समेत उनले आफ्नो प्रगतिमा उल्लेख गरेका छन्। चिनी आयात गरी आन्तरिक वितरणका लागि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत गर्ने सहमती दिइएको मन्त्रालयको भनाइ छ ।

त्यस्तै धौवादी फलाम खानी र अन्य ३ वटा सिमेन्ट उद्योगसम्मको पहुँचमार्ग निर्माण लगायत प्रगति भएको विवरणमा उल्लेख गरेका छन्। नवलपरासीको धौवादीमा रहेको धौवादी फलाम खानी र अन्य ३ सिमेन्ट उद्योगसम्म पहुँचमार्ग विस्तारका लागि आवश्यक रकम जोहो गरिएको मन्त्रीको प्रगति विवरणमा उल्लेख छ । ‘धौवादी फलाम खानी उद्योगलगायत अन्य ३ वटा सिमेन्ट उद्योगसम्म पहुँच मार्गको लागि ९ करोड ६७ लाख रकमान्तर गरी निकासा गरिएको छ’ प्रगति विवरणमा उल्लेख छ।

त्यस्तै मन्त्रालयअन्तर्गत २० वटा औद्योगिकग्रामका लागि पनि रकम निकासा गरिएको मन्त्री भण्डारीको प्रगति छ। त्यस्तै औद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटेड र नेपाल औषधी कम्पनीमा महाप्रबन्धक नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको उनले प्रगति विवरणमा समेटेका छन्।

प्रकाशित: ४ फागुन २०७९ १५:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast