किन भारत जाँदैछन् पूर्वप्रधानमन्त्री खनाल?

हिमाल प्रेस ४ फागुन २०७९ ११:३२
22
SHARES
किन भारत जाँदैछन् पूर्वप्रधानमन्त्री खनाल?

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आज भारत जाँदै छन्।

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी) लिबरेसन पार्टीको ११ औँ अखिल भारतीय महाधिवेशनमा विशेष अतिथिको रूपमा सहभागी हुन पूर्वप्रधानमन्त्री नेता खनाल भारतको पटना जान लागेका हुन्।

पार्टीको विदेश विभाग प्रमुख समेत रहेका खनालले भारतीय कम्युनिस्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको खनालको सचिवालयले जनाएको छ।
खनालले नेतृत्वको भ्रमण प्रतिनिधि मण्डलमा पार्टी उपाध्यक्ष प्रमेश हमाल, झलनाथ खनालको श्रीमती रवि लक्ष्मी चित्रकार र पार्टी विदेश विभाग सचिव डा शंकर खतिवडा रहेका छन्।

पूर्वप्रधानमन्त्री लगायतको प्रतिनिधि मण्डल दुई दिनको कार्यक्रम सकेर काठमाडौँ फर्कने कार्यक्रम रहेको जनाइएको छ।

प्रकाशित: ४ फागुन २०७९ ११:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 4 =