ओलीले भेटे प्रधानमन्त्री

हिमाल प्रेस ४ फागुन २०७९ ११:०९
2
SHARE
ओलीले भेटे प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भएको छ। बिहीबार बिहान प्रधानमन्त्री प्रचण्ड र ओलीबीच पछिल्ला राजनीतिक विषयवस्तुमा छलफल भएको हो।

उनीहरूबीच राष्ट्रपति निर्वाचनबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आउँदो फागुन २५ मा राष्ट्रपति निर्वाचन हुँदैछ।

सत्ता गठबन्धनबाट राष्ट्रपतिमा एमालेलाई दिने सहमति छ। तर राष्ट्रपतिमा नेपाली कांग्रेससहितको सहमतिमा उम्मेदवार तय हुनुपर्ने अडान माओवादीले राख्दै आएको छ। यता एमाले भने गठबन्धन फुटाउनु नहुने र कांग्रेसलाई राष्ट्रपति दिन नमिल्ने बताउँदै आएको छ।

पछिल्ला दिन यही विषयले सत्ता गठबन्धनमा समस्या रहेको निकट नेताहरुको भनाइ छ।

 

प्रकाशित: ४ फागुन २०७९ ११:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + seventeen =