आजको मौसम : अधिकांश भूभागको मौसम सफा, अन्यमा सामान्य

हिमाल प्रेस ४ फागुन २०७९ ७:१३
4
SHARES
आजको मौसम : अधिकांश भूभागको मौसम सफा, अन्यमा सामान्य

काठमाडौँ- नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

आज दिउँसो प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान मौसमविद्ले गरेका छन्।

राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रकाशित: ४ फागुन २०७९ ७:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + twenty =