क्याम्पस प्रमुखमाथि आक्रमणबारे गोरखा कांग्रेसको गम्भीर ध्यानाकर्षण

हिमाल प्रेस ३ फागुन २०७९ १५:४२ | Wednesday, February 15, 2023
क्याम्पस प्रमुखमाथि आक्रमणबारे गोरखा कांग्रेसको गम्भीर ध्यानाकर्षण

काठमाडौँ- नेपाली कांग्रेस गोरखाले द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुखमाथि अराजक समुहले गरेको आक्रमण र क्याम्पसका सामग्री तोडफोडको घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

क्याम्पस प्रमुख रामचन्द्र दुवाडीमाथि फागुन २ गते बिहान नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी र उश्रृंखल युवाको समूहले हातपात गरेका थिए। सरकारले फागुन १ गते जनयुद्ध दिवसको नाम दिएर बिदा दिएकोप्रति दुवाडीले असहमति जनाउँदै बिदाको विरोध जनाएका थिए।

यही विषयलाई लिएर नेपाली कांग्रेस गोरखाका सचिव किशोरजंग थापाले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘फागुन २ गते बिहान द्रव्यशाह बहुमुखी क्याम्पस, लक्ष्मीबजार गोरखाका क्याम्पस प्रमुख रामचन्द्र दुवाडीलाई अराजक समूहले गरेको सांघातिक आक्रमण र क्याम्पसका सामग्रीहरूको तोडफोडको घटनाप्रति नेपाली कांग्रेस गोरखाको गम्भीर ध्यानाकर्षण भएको छ।’

कांग्रेस गोरखाले शैक्षिक स्थलमा गुरुमाथि गरिएको कुटपिट र दुर्व्यवहारको घटनाप्रति घोर भर्त्सना गरेको छ।

फागुन २ गते क्याम्पस सञ्चालन भइरहेको समयमा सरकारी सवारी साधनसमेत प्रयोग गरी क्याम्पसप्रमुखको कार्यकक्ष पुगेका १०/११ जनाको समूहले हातपात र दुर्व्यवहार गरेका थिए।

प्रकाशित: ३ फागुन २०७९ १५:४२ | Wednesday, February 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast