यस्तो छ आजको मौसम

हिमाल प्रेस ३ फागुन २०७९ ७:११
6
SHARES
यस्तो छ आजको मौसम

काठमाडौँ- हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति पनि प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

तराईका थोरै भू-भागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ भन्दै महाशाखाले मौसम सूचना तथा पूर्वानुमान अद्यावधिक रहन अनुरोध गरेको छ।

प्रकाशित: ३ फागुन २०७९ ७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + two =