बालाजु प्रहरी वृत्तका डीएसपी विष्ट जिम्मेवारीमुक्त

हिमाल प्रेस २ फागुन २०७९ १२:५४ | Tuesday, February 14, 2023
बालाजु प्रहरी वृत्तका डीएसपी विष्ट जिम्मेवारीमुक्त

काठमाडौँ- प्रहरी वृत्त बालाजुको प्रमुखका रूपमा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोजित कुँवरलाई पठाइएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी हिमालयकुमार श्रेष्ठले डीएसपी रविन विष्टलाई जिम्मेवारीबाट हटाएर कुँवरलाई खटाइएको जानकारी दिए।

सोमबार यातायात मजदुर र व्यवसायीको आन्दोलनका क्रममा सुरक्षा व्यवस्था मजबुत बनाउन नसकेको भन्दै विष्टलाई जिम्मेवारीबाट हटाइएको हो। आन्दोलनकारीले बालाजु प्रहरीको दुई वटा गाडी तोडफोड गरेका थिए। आन्दोलनका क्रममा ल्होत्से मलका मोबाइल पसलमा लुटपाटसमेत भएको थियो।

प्रकाशित: २ फागुन २०७९ १२:५४ | Tuesday, February 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast