सत्ता बाहिरका चार कम्युनिस्टबीच एकताको पहल

हिमाल प्रेस २८ माघ २०७९ १२:१४
6
SHARES
सत्ता बाहिरका चार कम्युनिस्टबीच एकताको पहल

काठमाडौँ- सत्ता बाहिर रहेका र संसदीय व्यवस्थाको विरोध गर्ने चार कम्युनिस्टबीच एकता वार्ता सुरु भएको छ।

नेक्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा), विश्वभक्त दुलाल ‘आहूती’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीका नेताबीच शुक्रबार पार्टी एकताको विषयमा छलफल भएको हो ।

शुक्रबार नेकपाको पार्टी कार्यालय बुद्धनगर काठमाडौँमा भएको बैठकमा एक भएर जान सकिने बताएका थिए। यी चार घटकमध्ये तीन पूर्वमाओवादी समूह हुन्। माओवादीबाट विभाजित भएर नयाँ  संरचनामा गएका तीन र ऋषि कट्टेल नेतृत्वको नेकपाबीच एकता गर्न पहल सुरु भएको हो। तत्काल वार्ता अघि बढाउने र नयाँ ध्रबीकरणमा जाने सहमित गरेका छन्।

बैठकले देशको वर्तमान राजनैतिक अवस्थाको विश्लेषण गर्दै स्थिति चरम संकट र गम्भीर अवस्थामा रहेको निष्कर्ष निकालेको छ।

‘नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र देशको संकटपूर्ण अवस्थालाई दृष्टिगत गरी चार पार्टीको बीचमा पार्टी एकता एवं क्रान्तिकारी ध्रुवीकरणको निम्ति समय निर्धारण गरी बहस छलफल आरम्भ गर्ने, संयुक्त मोर्चालाई थप व्यवस्थित गर्ने निर्णय लिइएको छ’बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ।

 

प्रकाशित: २८ माघ २०७९ १२:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − two =