प्रेमिल काठमाडौँ [फोटो फिचर]

हिमाल प्रेस २८ माघ २०७९ १०:४४
64
SHARES
प्रेमिल काठमाडौँ [फोटो फिचर]

प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे। प्रेम गर्ने जोडीहरूका लागि महत्त्वपूर्ण दिन हो। जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने चाहना भएकाहरूका लागि प्रणय दिवस उत्तिकै महत्त्वपूर्ण मानिन्छ।

यो दिवस १४ फेब्रुअरीका दिन विशेष रूपमा मनाइने गरिन्छ। भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो। प्रेम गर्नका लागि कुनै सीमा हुँदैन।

प्रेम गर्नेहरू र प्रेम गरिनेहरू भएनन् भने जिउनुमा कुनै सार्थकता हुँदैन। प्रेम दुई विपरीत लिंगबीच मात्रै होइन, परिवार, साथी र प्रियजनहरूसँग पनि हुन्छ। त्यसैले त प्रेमले मानिसलाई एक किसिमको बाँच्ने ऊर्जा दिन्छ।

प्रणय दिवसका रूपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई वर्षाैँ आँट गर्न नसकेका प्रेम प्रस्ताव राख्छन्। सोही कारण पनि यस दिन युवकयुवतीको विशेष आकर्षण हुने गर्छ। यतिबेला काठमाडौँ उपत्यकामा भ्यालेन्टाइन डेको विशेष उल्लास छ। काठमाडौँ मात्रै होइन, भ्यालेन्टाइन डे देशभर प्रेमिल रूपमा मनाइँदै छ।  शनिबार ‘प्रमिस डे’ हो। यसै दिन प्रेमीहरू एकअर्काबीचमा बाचाबन्धन गर्दछन्।

भ्यालेन्टाइन डे इटालीको रोमबाट सुरु भएको मानिन्छ। तेस्रो शताब्दीको अन्त्यतिर प्रारम्भ भएको भ्यालेन्टाइन डेको इतिहास सम्झँदा रोमका एक सम्राट्ले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरूमार्फत गोप्य कुरा बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे। सम्राट्को आदेशलाई एक जना भ्यालेन्टाइन नामका व्यक्तिले उल्लंघन गरेका थिए।

आदेश उल्लंघन गरेको कुरा सम्राट्लाई सह्य भएन र उक्त व्यक्ति भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए। उनलाई मृत्युदण्ड दिएको दिन १४ फेब्रुअरीमा संसारभर भ्यालेन्टाइन डे मनाउने प्रचलन छ।

प्रकाशित: २८ माघ २०७९ १०:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + twelve =