काठमाडौँ- बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। झापा दमक नगरपालिका–३ घर भई काठमाडौं भिमसेनगोला बस्ने ४३ वर्षीय दिनेश खतिवडालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
उच्च अदालत पाटन ललितपुरको २०७९ मंसिर २३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद र ८ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौँ शंखमुलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको प्रहरीको भनाइ छ ।
प्रकाशित: २७ माघ २०७९ ७:५४
प्रतिक्रिया