माओवादी केन्द्र र माओवादी समाजवादीबीच एकता हुने

हिमाल प्रेस २६ माघ २०७९ २०:१७
14
SHARES
माओवादी केन्द्र र माओवादी समाजवादीबीच एकता हुने

काठमाडौँ– नेकपा माओवादी केन्द्र र नेकपा माओवादी समाजवादीबीच एकता वार्ता भएको छ। पेरिसडाँडास्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा भएको उक्त वार्तामा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पार्टी एकता वार्ता समितिका संयोजक कृष्णबहादुर महरा र उपमहासचिव एवम् समितिका सदस्य गिरिराजमणि पोखरेल तथा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी(सुशील) र उपाध्यक्ष उपाध्यक्ष तिलक मगर सहभागी थिए।

वार्तामा दुई पार्टीको एकताका वैचारिक आधारबारे खुलेर छलफल भएको र निकट दिनमै एकता गरेर अगाडि बढ्ने सहमति भएको वार्तामा सहभागी एक नेताले जानकारी दिए।

बुढाथोकी र मगर दुवै माओवादी तर्फबाट संविधानसभा सदस्य थिए। माओवादी केन्द्र र एमालेबीचको एकताप्रति असहमत भएर गोपाल किराँतीले माओवादी केन्द्र नाममै राजनीतिक सक्रियता जारी राखेपछि उनीहरू दुवैजना किराँती समुहमा थिए।

पछि किराँतीले वैचारिक अस्पष्टता देखाएको भन्दै उनलाई हटाएर बुढाथोकी अध्यक्ष भएका थिए। र, पार्टीको नाम परिवर्तन गरी नेकपा माओवादी समाजवादी बनाएका थिए। देशव्यापी पार्टी संयन्त्र भएको माओवादी समाजवादी विप्लव, आहुती, ऋषि कट्टेलसमेत सम्मिलित संयुक्त मोर्चाको एक सक्रिय पार्टी हो।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले बिचार मिल्ने बाम दलहरूबीच एकताका लागि वार्ता समिति नै बनाएको थियो। समितिले धेरै घटकहरूबीच औपचारिक-अनौपचारिक एकता वार्ता सम्पन्न गरिसकेको छ। उपाध्यक्ष महराको संयोजकत्वमा गठित समितिमा महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast