उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बस्ने

हिमाल प्रेस २६ माघ २०७९ १३:४७
4
SHARES
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बस्ने

काठमाडौँ- सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने भएको छ।

संयन्त्रको बैठकको तयारीका लागि मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो। तर समय तोकिएको थिएन। अहिले केही बेरअघि मात्र समय निर्धारण गरिएको हो।

आजको बैठकमा सुदूरपश्चिम प्रदेश सरकार र राष्ट्रपति निर्वाचन बारे छलफल हुने छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आजै विश्वासको मत लिने तयारी गरेका छन्। तर गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले मत नदिने भएको छ।

मुख्यमन्त्री नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनु पर्ने बाध्यता छ। तर रावल मुख्यमन्त्री बनेको आजै ३० दिन पुग्छ। यसबारे पनि छलफल हुने जनाइएको छ। बैठकमा एमाले, माओवादी, जसपा, उन्मुक्ति, जनमतलगायतका पार्टीको सहभागिता रहने जनाइएको छ।

 

प्रकाशित: २६ माघ २०७९ १३:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast