सफा हिमाल अभियानलाई सूर्य नेपालको १ करोड सहयोग

हिमाल प्रेस २६ माघ २०७९ १२:०३
8
SHARES
सफा हिमाल अभियानलाई सूर्य नेपालको १ करोड सहयोग

काठमाडौँ- जैविक विविधता र पर्यावरण संरक्षण गर्ने उद्देश्यले नेपाली सेनाले ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गर्न गइरहेको छ।

अभियानअन्तर्गत सेनाले सर्वोच्च शिखर सगरमाथासहित अन्नपूर्ण र लोत्सेको सफाई गर्नेछ।

सूर्य नेपाल प्रालिले अभियानमा नेपाली सेना र गैरसरकारी संस्था ‘सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेभलपमेन्ट नेपाल’सँग साझेदारी गरी १ करोड १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

मंगलबार नेपाली सेना, सूर्य नेपाल प्रालि र सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेभलपमेन्ट नेपालबीच त्रिपक्षीय सम्झौता भएको हो।

प्रकाशित: २६ माघ २०७९ १२:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + fifteen =