‘कामिनो’मा प्रदीप खड्का

हिमाल प्रेस २६ माघ २०७९ १२:०८
10
SHARES
‘कामिनो’मा प्रदीप खड्का

काठमाडौँ- अभिनेता प्रदीप खड्का फिल्म ‘कामिनो’मा देखिने भएका छन्। केही दिनअघि निर्माण पक्षले प्रदीपको नामसहितको थिम पोस्टर सार्वजनिक गरेको थियो।

पोस्टरमा समुद्रमा तैरिरहेको जहाज र त्यसतर्फ जाँदै गरेको व्यक्तिलाई देख्न सकिन्छ।

आज (माघ २६) मा प्रदीपले सामाजिक सञ्जालमा फिल्मको पोस्टर सेयर गर्दै क्याप्सनमा लेखेका छन्, ‘यो लामो यात्रा हो, जहाँ मलाई सधैँ र सबैको सहयोग चाहिन्छ।’

निर्देशक–निर्माता सन्तोष सेनले सामाजिक सञ्जालमा ‘कामिनो’को पोस्टर सेयर गर्दै प्रदीपलाई शुभकामना दिएका छन्। सन्तोष र प्रदीपले ‘प्रेम गीत ३’मा सँगै काम गरेका थिए। फिल्म ब्लकबस्टर भएको थियो।

‘कामिनो’को छायांकन उत्तर अमेरिकी देश मेक्सिको र दक्षिण अमेरिकी देश ब्राजिलमा हुने निर्माण पक्षले जनाएको छ। दीपक ओलीको निर्देशन रहने फिल्मको छायांकन आगामी चैतबाट सुरु हुनेछ।

प्रकाशित: २६ माघ २०७९ १२:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seven =