सहमति कार्यान्वयन गर्न दबाब बढाउँदै विप्लव

हिमाल प्रेस २५ माघ २०७९ ८:३८
26
SHARES
सहमति कार्यान्वयन गर्न दबाब बढाउँदै विप्लव प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका नेकपा नेता विप्लव र प्रकाण्ड।

काठमाडौँ- भूमिगत राजनीतिबाट मूलधारमा प्रवेश गर्दा सरकारसँग गरेका सहमति कार्यान्वयन गर्न नेत्र बिक्रम चन्द ‘विप्लव’ले दबाब बढाएका छन्। सरकारसँग तत्कालीन समयमा गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न पटकपटक आग्रह गर्दा समेत नभएपछि विप्लव आक्रमक हुँदै गएका छन्।

उनले सहमति कार्यान्वयनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पटकपटक भेटेका छन्। तर कार्यान्वयन भएको छैन। सरकारले कार्यान्वयन गर्ने नाममा ढिला गरेको भन्दै दोस्रो स्तरका नेताले आक्रमक बनेका छन्। २०७७ फागुन २० मा तत्कालीन ओली सरकारसँग विप्लवले सहमति गर्दै खुला राजनीतिमा होमिएका थिए।

वार्तामा सरकारले विप्लवमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषय रहेका थिए। तीन बुँदे सहमतिमा विप्लव समूहले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादबाट गर्ने, राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको छ।

अधिकांश मुद्दा कार्यान्वयन भए पनि बन्दी छुट्ने प्रक्रिया सुरु नभएको विप्लवको भनाइ छ। ‘हामीले धेरै खोजेको होइनौँ। सहमति कार्यान्वयनका लागि अघि बढ्न अनुरोध गरेका हौँ,’ नेकपा उच्च स्रोतले भन्यो,‘सरकारले ढुलमुले नीति लियो। हामीलाई विश्वासको वातावरण सिर्जना गरेन।’ यसैबारेमा जानकारी काठमाडौँमा विप्लवले पत्रकार सम्मेलन गर्दैछन्।

बुधबार(आज) दिउँसो १ बजे काठमाडौँको जमलस्थित नाचघरबाट पत्रकार सम्मेलन गर्न लागेको नेकपाले जनाएको छ। । विप्लवले पत्रकार सम्मेलनबारे पार्टीका पछिल्ला गतिविधिका बारेमा पनि जानकारी गराउने बताएका छन्। कपिलबस्तुमा हालै मात्र विप्लवको केन्द्रीय कमिटीको बैठक सकिएको छ। बैठकका निर्णयहरू आधिकारिकरूपमा बाहिर आएका छैनन्।

टुटफुटका कारण पार्टी कमजोर भएको नेकपाको ठहर छ। तत्काल पूर्वमाओवादी शक्ति एक हुनुपर्ने नेकपाका दोस्रोस्तरका नेताको सुझाव छ। यसै सन्दर्भमा विप्लव र प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए।

भेटमा प्रचण्डले एक भएर अघि बढ्न अनुरोध समेत गरेका थिए। विप्लवले आफू यसबारे सकरात्मक रहेको बताएका थिए। यसबारे पनि पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्ने बताइएको छ।

प्रकाशित: २५ माघ २०७९ ८:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − three =