रियलका पूर्वकप्तान राउलले गरे लिड्सको प्रशिक्षक बन्ने प्रस्ताव अस्वीकार

हिमाल प्रेस २४ माघ २०७९ २१:१७
12
SHARES
रियलका पूर्वकप्तान राउलले गरे लिड्सको प्रशिक्षक बन्ने प्रस्ताव अस्वीकार

काठमाडौँ-रियल म्याड्रिडका पूर्वकप्तान राउल गोन्जालेजले इंग्लिस प्रिमियर लिगको लिड्स युनाइटेडको प्रशिक्ष बन्ने प्रस्ताव अस्वीकार गरेका छन्। हाल रियलकै युवा टिमको प्रशिक्षक रहेका राउलले लिड्सलाई प्रिमियर लिगतिर सर्न यो सही समय नभएको जवाफ दिएको बताइएको छ।

गत सोमबार जेसी मार्चलाई बर्खास्त गरेपछि लिड्स नयाँ प्रशिक्षकको खोजीमा छ। मार्सको नेतृत्वमा लिड्स पछिल्ला सात खेलमा जितवीहिन बनेको थियो। गत शनिबार नटिङहम फरेस्टसँग १–० पराजित भएपछि मार्सलाई अन्ततः बिदा गरिएको हो।

स्पेनिस अखबार एएसका अनुसार राउल हाल रियलको युवा टिममै केन्द्रित हुन चाहन्छन्। रियलको युवा अथवा कास्टिला हाल स्पेनिस फुटबलको तेस्रो श्रेणीको लिग खेलिरहेको छ। कुल २० टिम रहेको यो प्रिमेरामा कास्टिला दोस्रो स्थानमा छ। पहिलो स्थानको एल्कोरोनभन्दा दुई अंकले मात्र पछि छ।

प्रिमेरा च्याम्पियन बन्ने टिम स्वतः दोस्रो श्रेणीको लिग सेगुन्डामा बढुवा हुन्छ। दोस्रो स्थानमा रहे प्लेअफ खेल्न पाउँछ। बढुवा हुने लक्ष्यमा रहेको कास्टिलालाई बीचमै नछाड्न रियल नेतृत्वले राउललाई आग्रह गरेको बताइएको छ।

राउलले सन् १९९४ देखि २०१० सम्म रियलबाट खेलेका थिए। रियल एकेडेमीकै उत्पादन उनी भविष्यमा सिनियर टिमकै प्रशिक्षक बन्नसक्ने बताइन्छ।

प्रकाशित: २४ माघ २०७९ २१:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 10 =