साफ अन्डर–२० वुमन्स च्याम्पियनसिप : भारतलाई हराएपछि नेपाल फाइनलमा

हिमाल प्रेस २४ माघ २०७९ १७:०४
10
SHARES
साफ अन्डर–२० वुमन्स च्याम्पियनसिप : भारतलाई हराएपछि नेपाल फाइनलमा फाइल तस्बिर

काठमाडौँ- राउन्ड रोबिनको आफ्नो अन्तिम खेलमा भारतमाथि ३–१ को जित दर्ता गर्दै नेपाल साफ अन्डर–२० वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

बंगलादेशी राजधानी ढाकास्थित बीएसएसएस मोस्ताफा कमाल रंगशालामा मंगलबार नेपाललाई जित दिलाउन अन्जली चन्द, कप्तान प्रिती राई र अमिषा कार्कीले एक–एक गोल गरे।

जितसँगै नेपालको तीन खेलबाट ६ अंक भएको छ। जुन भारत र बंगलादेशको भन्दा दुई अंकले बढी हो। बंगलादेशले अब अन्तिम खेलमा आजै भुटानको सामना गर्दैछ। त्यस खेलमा बराबरी गरे मात्र पनि बंगलादेशले फाइनलमा स्थान पक्का गर्नेछ। नेपाल पहिलो खेलमा बंगलादेशसँगै पराजित भएको थियो।

पहिलो खेलमा भुटानमाथि १२–० को विशाल अन्तरको जित दर्ता गरेको भारतले नेपालविरुद्ध २१ औँ मिनेटमै अग्रता लिएका थियो। भारतीय टिमका लागि अपूर्णा नारजारीले गोल गरेकी थिइन्।

फाइनल प्रवेशका लागि अनिवार्य जित हासिल गर्नुपर्ने दबाबमा रहेको नेपाललाई अञ्जली चन्दले ४८ औँ मिनेटमा बराबरी गोल फर्काएकी थिइन्।

कप्तान प्रीतिले ७९ औँ मिनेटमा पेनाल्टी गोल गर्दा नेपाल २–१ को स्थितिमा पुग्यो। भारतकी अस्तम ओराओनले अञ्जलीमाथि फउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो।

खेलको उत्तराद्र्धमा नेपालले तेस्रो गोल ग¥यो। लेफ्ट विंगबाट प्रीतिले गरेको क्रसलाई अमिषाले गोलमा परिणत गरेकी थिइन्। जारी प्रतियोगितामा अमिषका लागि यो चौथो गोल थियो।

प्रकाशित: २४ माघ २०७९ १७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + sixteen =