टर्कीमा भूकम्प : पुरिएका फुटबलर आट्सुको जीवितै उद्धार

हिमाल प्रेस २४ माघ २०७९ १५:४२
12
SHARES
टर्कीमा भूकम्प : पुरिएका फुटबलर आट्सुको जीवितै उद्धार

काठमाडौँ- टर्कीमा भूकम्प गएपछि हराएका फुटबलर क्रिस्टियन आट्सुलाई मंगलबार जीवित उद्धार गरिएको छ। घानाका आट्सुलाई दक्षिण टर्कीमा भत्किएको भवनको भग्नावशेषबाट निकालिएको हो।

इंग्लिस प्रिमियर लिगका एभरटन, न्युकासल युनाइटेड जस्ता क्लबबाट खेलेका ३१ वर्षीय आट्सुलाई उद्धार गरी अस्पताल पुर्‍याइएको घाना फुटबल संघले जनाएको छ।

आट्सु हाल टर्कीको दक्षिणी प्रान्त हटायको एन्टकाया सहरस्थित हटायस्पर क्लबबाट टर्किस लिग खेल्छन्। उनी यही सिजन त्यहाँ पुगेका हुन्। भूकम्पले अत्यधिक प्रभावित प्रान्तमध्ये हटाय पनि एक हो।

आट्सु भेटिए पनि उनको क्लबका निर्देशक टानेर साभुट भने अझै हराइरहेका छन्। ‘पुरिएको अवस्थामा रहेका आट्सुलाई उद्धार गरिएको छ। दुर्भाग्यवश निर्देशक टानेर साभुट भने भेटिएका छैनन्। उनको खोजीकार्य जारी छ,’ हटायस्परका उपाध्यक्ष मुस्ताफा ओजकाले विज्ञप्ति जारी गर्दै भनेका छन्।

प्रकाशित: २४ माघ २०७९ १५:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =