
काठमाडौँ- बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले बाल अधिकारसम्बन्धी कानुनी तथा नीतिगत व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
सिजपका पदाधिकारीसहित नागरिक समाज सञ्जालका प्रमुख तथा प्रतिनिधि मण्डलले बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई नेपालमा बाल अधिकारको सम्मान, संरक्षण तथा परिपूर्तिका लागि तत्काल गर्नुपर्ने कानुनी तथा नीतिगत व्यवस्था, संरचनागत सुदृढीकरण तथा अभियान सञ्चालन गर्नुपर्ने विषयमा ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्र बुझ्दै मन्त्री चौधरीले बाल अधिकारको संरक्षणका लागि कानूनी तथा नीतिगत र संरचनागत व्यवस्थाका लागि आफू प्रतिबद्ध रहेको बताइन्।
मन्त्रालय नागरिक समाज सञ्जाल समन्वय तथा सहकार्यका लागि तयार रहेको उनको भनाइ छ।
प्रकाशित: २४ माघ २०७९ १३:५१
प्रतिक्रिया