दोलखामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

हिमाल प्रेस २४ माघ २०७९ ७:४७
2
SHARE
दोलखामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

दोलखा- दोलखामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ। तीन जना घाइते भएका छन् । विगु गाउँपालिका ४ लादुकमा सोमबार दिउँसो करिब १ बजे ट्याक्टर दुर्घटना भएको हो।

सिंगटी लादुक सडकखण्ड अन्तर्गत चित्रेस्थित रमिते गोलाईमा ढुंगा लोड गरेको ट्याक्टर दुर्घटना हुँदा २४ वर्षीय किसन सार्कीकोे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले बताए।

दुर्घटनामा जिवन नेपाली (२५), रामबहादुर नेपाली (२३) र सुरज खत्री (१८) घाइते भएको सिग्देलले जानकारी दिए। गम्भीर घाइते भएका सार्कीलाई थप उपचारका लागि सिँगटीबाट काठमाडौं पठाउने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

पोष्टमार्टमका लागि उनको शव पशुपति चौलागाँई स्मृति अस्पतालमा राखिएको प्रहरीले बतायो।

प्रकाशित: २४ माघ २०७९ ७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 6 =