एमालेको केन्द्रीय कमिटीको बैठक स्थगित

हिमाल प्रेस २४ माघ २०७९ ७:२७
2
SHARE
एमालेको केन्द्रीय कमिटीको बैठक स्थगित नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगन भएको छ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले तयारी नपुगेकाले बैठक स्थगन गरेको जानकारी दिए। बैठकको मिति चाँडै नै तय गर्ने उनले बताए।

एमालेले निर्वाचनको समीक्षा, प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन, समसामयिक राजनीति, संगठन सुदृढीकरणलगायतका विषयमा छलफल गर्न यही माघ २९ र फागुन १ गते केन्द्रीय कमिटी बैठक बोलाएको थियो।

प्रकाशित: २४ माघ २०७९ ७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 8 =