६ महिनामा भित्रियो ५ खर्ब ८५ अर्ब रेमिट्यान्स

हिमाल प्रेस २३ माघ २०७९ १५:५६
6
SHARES
६ महिनामा भित्रियो ५ खर्ब ८५ अर्ब रेमिट्यान्स

काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० को ६ महिनामा ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यो गत आर्थिक वर्षको तुलनामा २४ प्रतिशतले बढी हो।

अघिल्लो आवको ६ महिनामा रेमिट्यान्स आप्रवाह ५ प्रतिशतले घटेको थियो। चालु आवमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ४ अर्ब ५० करोड पुगेको छ। अघिल्लो वर्ष ५.७ प्रतिशतले घटेको थियो।

चालु आवको साउनदेखि पुससम्म वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगततर्फ नयाँ अन्तिम श्रम स्वीकृति लिनेको संख्या ६४.६ प्रतिशतले बढेर २ लाख ७५ हजार ६४३ पुगेको छ।

त्यसैगरी पुनः श्रम स्वीकृति लिनको संख्या ९.५ प्रतिशतले बढी १ लाख ४२ हजार ५४८ पुगेको छ।

प्रकाशित: २३ माघ २०७९ १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast