चुनावी समीक्षाका लागि एमालेले बोलायो केन्द्रीय कमिटीको बैठक

हिमाल प्रेस २३ माघ २०७९ ९:२२
2
SHARE
चुनावी समीक्षाका लागि एमालेले बोलायो केन्द्रीय कमिटीको बैठक नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौँ- प्रतिनिधिसभाको निर्वाचनपछि पहिलो पटक नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। एमालेले पाँचौँ बैठक २९ माघबाट सुरु हुने भएको छ।

मुख्यगरी निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र सांगठनिक सुदृढीकरणबारे बैठकका मुख्य एजेन्डा हुने एमालेको केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्।

बैठकको एजेन्डा तय गर्न २६ मा सचिवालय बैठक बोलाएको छ। बैठक तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ ।

प्रकाशित: २३ माघ २०७९ ९:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =