मयोर्कासँग पराजित भयो रियल म्याड्रिड

हिमाल प्रेस २२ माघ २०७९ २१:०५
6
SHARES
मयोर्कासँग पराजित भयो रियल म्याड्रिड

काठमाडौँ- स्पेनिस ला लिगामा रियल म्याड्रिडले मयोर्कासँग १–० को अप्रत्याशित हार व्यहोरेको छ। आइतबार राति मयोर्काको मैदानमा रियल पराजित हुनुको मुख्य कारण नाचो फर्नान्डेजको आत्मघाती गोल रह्यो।

रियलले खेलमा फर्कने मौका नपाएको होइन। तर मार्को एसेन्सिायेले ६० औँ मिनेटमा पेनाल्टी खेर फालेपछि रियल बराबरी गर्नबाट चुक्यो।

रियल यो सिजन लिगमा तेस्रो पटक पराजित भएको हो। यसअघि राए भाएकानो र भिल्लारियलसँग हारेको रियल हाल अंक तालिकाको दोस्रो स्थानमा छ। यो पराजय रियलको उपाधि लक्ष्यमा अर्को धक्का हो। हारपछि रियलले शीर्षस्थानको बार्सिलोनासँग दूरी कम गर्ने मौका गुमायो।

रियलको २० खेलबाट ४५ अंक छ भने एक खेल कम खेलेको बार्सिलोनाको ५० अंक छ। आइतबार राति नै सेभियाकाे सामना गर्न लागेको बार्सिलोना १० खेलमा अपराजित छ।

ला लिगामा आइतबार नै भएको अर्को खेलमा सेल्टा भिगोले रियल बेटिसमाथि ४–३ को रोमाञ्चक जित दर्ता गर्‍यो। सेल्टाका लागि गाब्रियल भेइगाले दुई तथा जोर्गन स्ट्रान्ड लार्सन र जोसेफ एइडोले एक–एक गोल गरेका थिए। पराजित टिम बेटिसबाट जुवान्मी, सर्जियो कनालेस र नबिल फेकिरले एक–एक गोल फर्काए।

जितपछि सेल्टा २३ अंकसहित ११ औँ स्थानमा छ। उता बेटिस भने छैटौँ स्थानमा यथावत छ। उसको २० खेलबाट ३१ अंक छ। जुन पाँचौँ स्थानको भिल्लारियलको जति नै हो।

प्रकाशित: २२ माघ २०७९ २१:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =