साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको अपेक्षित जित

हिमाल प्रेस २२ माघ २०७९ १६:५५
14
SHARES
साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको अपेक्षित जित

काठमाडौँ- साफ अन्डर–२० महिला च्याम्पियनसिपमा नेपालले पहिलो जित दर्ता गरेको छ। ढाकामा जारी प्रतियोगितामा नेपालले आइतबार भुटानलाई ४–० ले पराजित गरेको हो। नेपालको जितमा अमिषा कार्कीले ह्याट्रिक गरिन्। अर्को एक गोल कप्तान प्रिती राईले गरिन्।

अमिषाले १९ औँ मिनेटमा पहिलो गोल गरेकी थिइन्। पहिलो हाफ सकिनै लाग्दा दोस्रो गोल गरेकी उनले तेस्रो गोल ६२ औँ मिनेटमा गरिन्। त्यसैगरी प्रितीले ६१ औँ मिनेटमा गोल गरेकी थिइन्।

चार टिमसम्मिलित प्रतियोगितामा नेपाल आफ्नो पहिलो खेलमा शुक्रबार आयोजक बंगलादेशसँग ३–१ ले निराश बनेको थियो। राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगितामा नेपाल, बंगलादेश र भुटानबाहेक भारत पनि सहभागी छ।

लिग चरणको दुई खेलिसक्दा नेपालको खातामा तीन अंक जम्मा भएको छ भने भारत र बंगलादेशसँग पनि तीन–तीन अंक नै छ।

भारतले उद्घाटन खेलमा भुटानलाई १२–० ले पराजित गरेको थियो। नेपालले अब मंगलबार भारतको सामना गर्नेछ।

प्रकाशित: २२ माघ २०७९ १६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 7 =