सत्ताबाट बाहिरिने निर्णयपछि रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेलगायत। तस्बिर : हिमाल प्रेस
काठमाडौँ- रास्वपाका सभापति रवि लामिछानेले मिडियाका मालिक र सम्पादकको विरोध गरेका छन्। आफूलाई गृहमन्त्रालयमा दोहोरिन नदिने कोको भन्नेतर्फ इंकित गर्दै उनले देश चलाउने हो भने चुनाव लड्न आउन चुनौती दिएका हुन्।
‘कन्फ्लिक्ट अफ इन्ट्रेष्ट के हो? अनलाइन, कान्तिपुरमा सही आएको छ? देश चलाउने हो भने मसँग चुनाव लड्न आउनुस्’ उनले भने।
उनले कान्तिपुरका मालिक कैलाश सिरोहिया, सेतोपाटीका अमित ढकाल, अन्नपूर्णपोस्टका रामेश्वर थापा, अनलाइन खबरका शिव गाउँलाई चुनाव लड्न चुनौती दिए। ‘अब लुकाएर चल्दैन। देश मिडियाले चलाउने होइन। मिडिया मिडिया कम्पनीले चलाउने हो’ उनले भने।
नेताहरू मिडियादेखि डराइरहेको उनको भनाइ छ।
प्रकाशित: २२ माघ २०७९ १७:४३
प्रतिक्रिया



