क्रिष्पी बनिन् नेपालगन्ज लिटिल स्टार

हिमाल प्रेस २२ माघ २०७९ ११:१८
514
SHARES
क्रिष्पी बनिन् नेपालगन्ज लिटिल स्टार

नेपालगन्ज- क्रिष्पी सिंह ठकुरी ‘नेपालगन्ज लिटिल स्टार’ बनेकी छन्। १३ वर्षीया उनले प्रतियोगितामा बेस्ट स्माइलको उपाधि पनि जितेकी छन्।

पूर्व मिस नेपाल नम्रता श्रेष्ठ कार्यक्रमको प्रमुख निर्णायक रहेकी थिइन्। उनको प्रश्नमा उत्कृष्ट वक्तत्वसहित प्रस्ट जवाफ दिएपछि क्रिष्पी विजेता घोषित भएकी हुन्।

प्रतिस्पर्धामा स्प्रिङडेल स्कुलकी युनिसा डिसी फस्ट रनर अप घोषित भइन्। त्यसै गरी निमा शेर्पा सेकेन्ड रनर अप बनिन्।

१८ वर्षमुनिका बालिका र किशोरीबीच भएको स्पर्धामा निवेदिता न्यौपानेलाई अर्गनाइजर च्वाइस अवार्ड, समृद्धि क्षेत्रीलाई भ्युअर्स च्वाइस अवार्ड प्रदान गरियो। निवेदिताले बेस्ट वाक र फोटोजेनिक उपाधिसमेत जितिन्।

नेपालगन्जस्थित शिखर प्लाई उद्योगका सहसंस्थापक रेखा बोथरा र कुसुम दुगड, नेपालगन्ज म्याराथनकी संरक्षक सदस्य शशि स्वाँर, प्याब्सन बाँकेका अध्यक्ष यम रावत, होटल सोल्टी वेस्टेन्ड प्रिमियरका महाप्रबन्धक राजविक्रम शाह र आयोजक लिभवेलका अध्यक्ष कल्पना खड्काले विजेतालाई पुरस्कृत गरेका थिए। केएल दुगड ग्रुपका सीईओ प्रदीप छाजेडले समेत शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रममा प्राइमेरीतर्फ मनन श्रेष्ठ विजेता घोषित भए। यसमा प्रान्जय चन्द ठकुरी फर्स्ट रनर अप, गिर्वाणराज शर्मा सेकेन्ड रनर अप भए। त्यसै गरी छात्रातर्फ प्रणीति खड्का विजेता बन्दा साइसा लामिछाने फस्ट रनर अप, प्रसन उपाध्याय सेकन्ड रनर अप, श्रीयन्श शाह र शिवाञ्जली अवस्थी भ्युअर्स च्वाइस अवार्डले पुरस्कृत भए।

त्यस्तै प्रिस्कुल तहमा अधिरा बहेलिया विजेता भइन्। त्यसमा इशिका यरी फस्ट रनर अप, कृस्टिना थारू सेकेन्ड रनर अप भए। छात्रतर्फ परमार्थ प्रताप सिंह विजेता बने। निशाद नेपाल फर्स्ट रनर अप र राइडेन लामा सेकेन्ड रनर अप भए। हरेकलाई श्रीमदभगवत गीता उपहार प्रदान गरिएको थियो।

‘क्विन अफ रक’ टिना टर्नरको एल्बम ‘चिल्ड्रेन बियोन्ड’ गीतमा ३९ जना बालबालिकाले एकसाथ विश्व शान्तिको प्रार्थना गर्दै सुरु भएको नेपालगन्ज लिटिल स्टार प्रतियोगिता सुरु भएको थियो।

बुद्ध र वेदलाई विश्वभर चिनाउन बालबालिकालाई लिएर ८३ वर्षकी टर्नरले एक दशकअघि अभियान थालेकी थिइन्। उनकै सम्मानमा ससाना बालबालिकाले एकसाथ विश्वशान्तिको कामना गरेपछि कार्यक्रम सुरु गरिएको थियो। प्रतिस्पर्धी बालबालिका नृत्य, गायनलगायत विभिन्न कार्यक्रममा नेपाली मौलिकता र संस्कृति झल्कने पहिरनमा मञ्चमा उक्लिएका थिए।

प्रकाशित: २२ माघ २०७९ ११:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast