लुम्बिनीमा पर्यटकले पाउने सुविधाबारे पर्यटनमन्त्री किरातीको चासो

हिमाल प्रेस २१ माघ २०७९ २०:२४
64
SHARES
लुम्बिनीमा पर्यटकले पाउने सुविधाबारे पर्यटनमन्त्री किरातीको चासो

लुम्बिनी– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार लुम्बिनीस्थित गौतमबुद्व जन्मस्थल मायादेवि मन्दिरको दर्शन गरेका छन्।

मन्त्री नियुक्त भएपछि पहिलो पटक लुम्बिनी आएका उनले मायादेवि मन्दिरभित्र रहेको मार्कन स्टोन, अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचा र शान्तिदिप क्षेत्रको अवलोकन गर्दै त्यसबारे जानकारी लिएका हुन्। सो अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयले उनलाई लुम्बिनी र बुद्धको ऐतिहासिकताबारे मन्त्रीलाई जानकारी गराए।

मन्त्री किरातीले कोषका पदाधिकारी तथा विभिन्न शाखा प्रमुखहरूबाट लुम्बिनीमा भइरहेका काम र बुद्ध जन्मस्थलको इतिहास, पर्यटकका लागि दिइने सुविधाबारे चासो राखेका थिए।

मन्त्रीको अवलोकनमा क्रममा कोषका उपाध्यक्ष भिक्षु मैत्तयसहित पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारी, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य, परिषद् सदस्य, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, सूचना तथा जनसम्पर्क प्रमुख हरिध्वज राईलगायत उपस्थित थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + seventeen =