लिग लिडर आर्सनल एभरटनसँग स्तब्ध

हिमाल प्रेस २१ माघ २०७९ २०:१७
8
SHARES
लिग लिडर आर्सनल एभरटनसँग स्तब्ध

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनल शनिबार राति एभरटनसँग १–० ले पराजित भएको छ। च्याम्पियन बन्ने लक्ष्यमा रहेको आर्सनलमाथि एभरटनलाई अप्रत्याशित जित दिलाउन जेम्स टारकोस्कीले निर्णायक गोल गरे।

आर्सनल पाँच महिनामा पहिलो पटक हारेको हो। सेप्टेम्बर ४ मा म्यानचेस्टर युनाइटेडसँग हारेयता आर्सनलले कुनै खेल गुमाएको थिएन। एभरटनले भने पछिल्लो पटक जितेको अक्टोबर २२ मा हो। त्यसबेला एभरटनले क्रिस्टल प्यालेसलाई ३–० ले पन्छाएको थियो।

गुडिसन पार्कमा ६० औँ मिनेटमा टारकोस्कीले ड्वाइट म्याकनिलले प्रहार गरेको कर्नरमा हेडर गोल गरेका थिए। एभरटनका लागि यो जारी सिजनको मात्र चौथो र नयाँ प्रशिक्षक सन डाइचको नेतृत्वमा पहिलो जित हो। उसो त एभरटनले डाइचको प्रशिक्षणमा एभरटनले पहिलो खेल खेलेको हो।

केही दिनअघि मात्र डाइच फ्रान्क लाम्पार्डलाई प्रतिस्थापन गर्दै एभरटनका प्रशिक्षक बनेका हुन्।

यो जितसँगै एभरटन रेलिगेसन क्षेत्रबाट माथि उक्लिएको छ। एभरटनसँग अब २१ खेलबाट १८ अंक भएको छ। उता आर्सनलको २० खेलबाट ५० अंक छ।

प्रकाशित: २१ माघ २०७९ २०:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =