राष्ट्रपतिमा सहमति नभए नयाँ समीकरण बनाउने माओवादीको संकेत

हिमाल प्रेस २१ माघ २०७९ १८:२८
10
SHARES
राष्ट्रपतिमा सहमति नभए नयाँ समीकरण बनाउने माओवादीको संकेत फाइल तस्बिर

काठमाडौँ– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ। बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै पार्टी सचिव देवेन्द्र पौडेलले राष्ट्रपति चयनमा नेकपा एमालेसँग सहमित हुन नसके नयाँ सत्तासमीकरण बन्नसक्ने संकेत गरे।

‘विचार, दृष्टिकोण र कार्यदिशा मिल्नेहरूसँग एक भएर जाने बैठकमा निर्णय भएको छ,’ पौडेलले बताए। नेपाली कांग्रेसले समेत सरकारलाई विश्वासको मत दिएको हुँदा नयाँ कोणबाट अघि बढ्ने उनले जानकारी दिए।

‘यो वा त्यो दल नभनी माओवादीले राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय लिएको छ। यदि सहमति नभएमा विचार र कार्यदिशा मिल्ने दलहरूसँग मिलेर अघि बढ्ने निर्णय भएको छ,’ उनले भने, ‘विचार र कार्यदिशा मिल्ने, सरकारलाई सहयोग गरेका कांग्रेसलगायत सबै दलसँग सहकार्यका लागि हामी खुला छौं।’

उनले अहिलेसम्म एमालेलाई बाहिर राखेर सरकार अघि बढाउनेबारे बैठकमा छलफल नभएको पौडेलले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 18 =