शाओमीका उत्पादन शून्य प्रतिशत किस्ताबन्दीमा

हिमाल प्रेस १९ माघ २०७९ १२:३३
6
SHARES
शाओमीका उत्पादन शून्य प्रतिशत किस्ताबन्दीमा

काठमाडौँ- शाओमीले आफ्ना उत्पादन शून्य प्रतिशत किस्ताबन्दीमा प्रदान गर्ने भएको छ।

कम्पनीले नबिल बैंकसँगको सहकार्यमा शाओमी, पोको र रेडमीका स्मार्टफोन, टीभी, ल्यापटपलगायत सामग्रीमा किस्ताबन्दी सुविधा ल्याएको हो।

किस्ताबन्दीको सुविधा लिन चाहने ग्राहकसँग नबिल बैंकको क्रेडिट कार्ड भने हुनुपर्नेछ। ग्राहकले शाओमीका सबै उत्पादनमा ६ महिनासम्मको किस्ताबन्दीको सुविधा पाइनेछ।

नबिल बैंकले नयाँँ क्रेडिट कार्ड लिन चाहने ग्राहकको लागि पहिलो वर्षको वार्षिक शुल्क पनि मिनाहा गरेको छ।

प्रकाशित: १९ माघ २०७९ १२:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 13 =