एकीकृत समाजवादीको बैठकमा घनश्याम भुसाल पनि सहभागी, वामदेव प्रवेशबारे छलफल हुँदै

हिमाल प्रेस १९ माघ २०७९ १२:२४
14
SHARES
एकीकृत समाजवादीको बैठकमा घनश्याम भुसाल पनि सहभागी, वामदेव प्रवेशबारे छलफल हुँदै फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक पार्टी कार्यालय आलोकनगरमा बैठकमा जारी छ।

वामदेव गौतमलगायतका नेताको प्रवेशका विषयमा छलफल गर्न बैठक बसेको हो। आजको बैठकमा घनश्याम भुसाल पनि सहभागी छन्।

उनी केही समयअघि मात्रै समाजवादी प्रवेश गरेका हुन्। यसभन्दा अघिल्लो बैठकले उनलाई सचिवालय सदस्यमा मनोनीत गरेको हो। आजको बैठकले राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन, राष्ट्रपतिको निर्वाचन, पार्टी एकताबारे पनि छलफल गर्ने छ। वामपन्थी नेता वामदेव गौतम पनि समाजवादी प्रवेश गर्ने तयारीमा छन्।

आजै यस विषयमा पनि पार्टीले निर्णय लिने बताएको छ। उनको विषयलाई लिएर पार्टी दुईधारमा विभाजित छ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल वामदेवप्रति सकरात्मक छन् भने सम्मानित नेता झलनाथ खनाल रुष्ट छन्।

प्रकाशित: १९ माघ २०७९ १२:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 2 =