पार्टीका गतिविधिका विषयमा समीक्षा गर्न राप्रपाले बोलायो बैठक

हिमाल प्रेस १९ माघ २०७९ ९:३५
4
SHARES
पार्टीका गतिविधिका विषयमा समीक्षा गर्न राप्रपाले बोलायो बैठक

काठमाडौँ- पार्टीका पछिल्ला गतिविधि र सरकारमा सहभागिताका विषयमा समीक्षा गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।

आजको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यक्रम र आसन्न केन्द्रीय कार्यसमिति बैठक लगायतका विविध विषयमा छलफल हुने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन्।

राप्रपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी छ। सरकारमा सहभागी भएर संघीयता र धर्मनिरपेक्षताको विरोध गरेको भन्दै राप्रपाप्रति प्रचण्ड असन्तुष्ट छन्। अन्य दल पनि यसबारेमा असन्तुष्ट छन्। यस विषयमा पनि छलफल गर्ने राप्रपाले तयारी गरेको छ।

बैठक आज बिहीबार अपरान्ह ३ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ। प्रचण्डको सरकारमा लिङ्देन उपप्रधान तथा ऊर्जा मन्त्री, ध्रुवबहादुर प्रधान कानुनमन्त्री, विक्रम पाण्डे सहरी विकास मन्त्री र दिपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री छन्।

प्रकाशित: १९ माघ २०७९ ९:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 4 =