गृहमन्त्रीबारे छलफल गर्न माओवादीको स्थायी समिति बैठक बस्ने

हिमाल प्रेस १९ माघ २०७९ ७:३३
2
SHARE
गृहमन्त्रीबारे छलफल गर्न माओवादीको स्थायी समिति बैठक बस्ने फाइल तस्बिर

काठमाडौँ- सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्ने बताइएको छ।

आजको बैठकमा नेताको जिम्मेवारी बाँडफाँट टुंगो लगाउने पार्टीको तयारी छ। यसअघि मंगलबार बसेको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा अध्यक्ष, उपाध्यक्षलाई दिने निर्णय गरेको थियो।

कार्यविभाजनसँगै बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ। राष्ट्रपति पदको निर्वाचन, गृह मन्त्रालयको नेतृत्वलगायत विषय सत्ता गठबन्धनमा देखिएको विवाद र समाधानका बारे पनि छलफल हुने नेताहरूले बताएका छन्।

बुधबार पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका उपाध्यक्ष र महासचिवसँग छलफल गरेका थिए। छलफलमा गृह मन्त्रालय अरू दललाई दिन नहुने अध्यक्षलाई सुझाव दिएका थिए।

यसअघिका स्थायी समिति र पदाधिकारी बैठकमा सहभागीले पनि यसै किसिमका सुझाव दिएका थिए। रवि लामिछाने गृह मन्त्रालय फर्कन चाहेकाले रोक्न मा‌ओवादी नेताले यस्तो बताएका थिए।

प्रकाशित: १९ माघ २०७९ ७:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =